Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
आइतवार, फाल्गुन २३, २०७७ ११:२९:११ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • बन्यो टिकटक आईएसपीहरुकोे टाउको दुखाइ, ब्यान्डविथ खपत आकाशियो
बन्यो टिकटक आईएसपीहरुकोे टाउको दुखाइ, ब्यान्डविथ खपत आकाशियो
64x64
सोमवार, भदौ १५, २०७७ बुलबुल खबर

काठमाडौं । नेपालमा अत्यधिक लोकप्रिय बनिरहेको म्युजिकल एप टिकटक इन्टरनेट सेवाप्रदायकहरुका लागि भने टाउकोदुखाईको विषय बनेको छ । टिकटकले हालै गरेको प्राविधिक परिवर्तनका कारण ब्यान्डविथमा अत्यधिक चाप परेपछि उनीहरुलाई इन्टरनेटको माग धान्न मुस्किल परिरहेको छ ।

चैत ११ को लकडाउनअघि टिकटकको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत ७ जीबीपीएस थियो । लकडाउनपछि यो बढेर १३ जीबीपीएस पुग्यो । अहिले १३ जीबीपीएसबाट पनि माथि उक्लिएको छ । तीन हप्ताअघिको तथ्यांकमा टिकटकले नेपालमा २५ जीबीपीएस इन्टरनेट खपत गरिरहेको थियो ।

तर, एकाएक टिकटकले आफ्नो सर्भर र प्रोटोकलमा केही अदलबदल गर्‍यो । भारतमा टिकटक प्रतिबन्धित भएपछि दक्षिण एसियाली क्षेत्रमा उसले प्राविधिक परिवर्तन गर्दै ‘एचटीटीपी’ बाट ‘एचटीटीपीएस’ प्रोटोकलमा लगेको थियो । त्यसो हुनासाथै टिकटकको क्यास सर्भरमा स्पेस नपुग्ने समस्या भयो ।

इन्टरनेट सेवा प्रदायकहरुका अनुसार यसैकारण नेपालको इन्टरनेट सेवामा ब्यान्डविथको माग बढ्यो । फेसबुक, गुगल युट्युबजस्ता साइटका कन्टेन्ट लोकल क्यास हुन्छन् । पहिलोपटक नेपालमा सम्प्रेषित भएपछि त्यो क्यास भएर सर्भर रहन्छ । जसले गर्दा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुनबाट जोगिन्छ ।

टिकटकसँग छलफल

तर, प्रोटोकलमा आएको परिवर्तनपछि प्रयोगकर्ताले टिकटकमा गरेको हरेक अनलाइन गतिविधिको ब्यान्डविथ खपत अन्तर्राष्ट्रिय रुपमै हुन थाल्यो । यही कारणले तीन हप्तामा २५ जीबीपीएसबाट टिकटकले गर्ने ब्यान्डविथ खपत १७५ जीबीपीएस पुगको नेपाल इन्टरनेट सेवा प्रदायक संघ(आइस्पान)ले जनाएको छ ।

अहिले टिकटकका कारण इटरनेटमा यति धेरै डाटाको माग बढेको त कि नेपालका इन्टरनेट सेवा प्रदायकलाई धान्र्नै मुस्किल परिरहेको छ । टिकटकका कारण माग धान्न मुस्किल भएपछि उनीहरुले अतिरिक्त ब्यान्डविथ लिएर सेवा दिइरहेका छन् । तर, लगातार टिकटकले ब्यान्डविथको खपत र माग बढाउँदै लगेपछि उनीहरुले टिकटक र अकमाइसँग नै यसबारे कुराकानी गरेका छन् ।

‘हामीले यो समस्याबारे टिकटकका अफिसियलहरुलाई जानकारी गराएका छौं,’ आइस्पानका अध्यक्ष भोजराज भट्टले भने, ‘लोकल क्यास भएन भने यहाँ टिकटकका कारण सेवा प्रवाहमा समस्या आउन सक्छ ।’

अहिले बेलुकी र रातीको पिक आवरमा इन्टरनेट ढिलो चल्ने समस्या छ । अनौपचारिक रुपमा सेवा प्रदायकहरु टिकटकले गरेको अत्यधिक ब्यान्डविथ खपतले समस्या भएको स्वीकार्छन् । टिकटकका सामग्री लोकल क्यास नभएसम्म यो समस्या समाधान गर्न मुस्किल पर्नेहरु उनीहरुको तर्क छ । यद्यपी कतिपय आईएसपीहरुले ब्यान्डविथ बढाएकाले टिकटक चलाउन समस्या नपर्ने दावी गर्दै आएका छन् ।

गुणस्तरीय सेवा दिनैपर्छ : प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि बाहनामा सेवा प्रदायकले ग्राहकसँग गरेको सम्झौता मिचिने गरी गरी सूस्त गतिको इन्टरनेट सेवा दिन नहुने बताएको छ । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले ब्यान्डविथको माग बढे त्यसको पूर्ति कम्पनीले गर्नुपर्ने भन्दै इन्टरनेट सेवाको विनियमावलीअनुससार कम्तिमा ग्राहकसँग सम्झौता भएको ७५ प्रतिशत गति इन्टरनेटमा हुनैपर्ने बताए ।

‘ग्राहकलाई खपत बढेर माग धान्न सकिएन भन्न पाइँदैन, सम्झौताअनुसारको सेवा दिनैपर्छ,’ उनले भने, ‘टिकटकका कारण ब्यान्डविथको माग बढेको हो भने त्यसको व्यवस्थापन गर्नुपर्छ, ग्राहकले तोकिएको गतिमा इन्टरनेट पाउनुपर्छ ।’ आफूले लिएको इन्टरनेटमा टिकटक वा के चलाउँछु भन्ने ग्राहकको रोजाइको विषय भएकाले त्यसमा कुनै नयाँ व्यवस्था गर्न नसकिने प्राधिकरणले बताएको छ ।

अहिले नेपालमा करिब ६५० जीबीपीएस इन्टरनेट खपत हुन्छ । सेवा प्रदायकले प्रति जीबीपीएस प्रतिमहिना करिब ६ देखि १० डलर तिरेर ब्यान्डविथ भित्र्याउँछन् । यस्तो ब्यान्डविथको खपत लकडाउनपछि निरन्तर बढिरहेको छ । झन टिकटकको प्रयोग बढ्दै गर्दा कम्पनीले गरेको प्राविधि परिवर्तनले अहिले इन्टरनेट सेवा प्रदायकहरुको टाउको दुखेको छ ।


प्रकाशित मिति: सोमवार, भदौ १५, २०७७, ०३:४५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
ताजा समाचार
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द शनिवार, फाल्गुन २२, २०७७
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै
नेपाली काङ्ग्रेस केन्द्रिय पदाधिकारीको टोलि आज चितवन आउदै
बनमन्त्री आले लाई एक अर्ब प्रलोभन आएको खुलासा
प्रथम राप्ती कपमा राप्ती ०९ बिजयी
चितवन आसपास
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द बुलबुल खबर
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति बुलबुल खबर
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज बुलबुल खबर
राजनीति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै बुधवार, फाल्गुन १९, २०७७
समाज
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा सोमवार, फाल्गुन १०, २०७७ 256
वडाअध्यक्ष पक्राउपछि गाउँपालिकाको विज्ञप्ति : संविधानको मर्मविपरित काम भयो आइतवार, फाल्गुन ९, २०७७ 552
राक्सिराङ ६ मा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न आइतवार, फाल्गुन ९, २०७७ 223
मनोरञ्जन
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #Team Nayabasti
  • #CRIME
  • #TEEJ
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago