Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, फाल्गुन १७, २०७७ ०६:२९:२१ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
विदेश
  • Home
  • विदेश
  • कोरोना भाइरस उपचार: कोभिड-१९ विरुद्ध परीक्षण भइरहेको एउटा चिनियाँ खोपको मूल्य तोकियो, कहिले आउला बजारमा
कोरोना भाइरस उपचार: कोभिड-१९ विरुद्ध परीक्षण भइरहेको एउटा चिनियाँ खोपको मूल्य तोकियो, कहिले आउला बजारमा
64x64
बिहिवार, भदौ ११, २०७७ बुलबुल खबर

शाङ्घाई । यो महिनाको सुरुतिर एउटा चिरपरिचित चिनियाँ व्यावसायिक घरानाको प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड-१९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए।

स्वास्थ्यसेवामा पनि लगानी भएको उक्त घरानाका प्रमुखले यसलाई आर्थिक सुधारको अवसरका रूपमा हेरेको बताउँदै आफ्नो कम्पनीको व्यापार धेरै हुनसक्ने अपेक्षा व्यक्त गरेका थिए।

त्यसको केही सातापछि चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे जानकारी दियो।

कोरोनाभाइरस महामारी चीनमा सुरु भएर विश्वभरि फैलिएको हो। अहिले चीनले आफ्नो सबै शक्ति लगाएर कोरोनाभाइरसविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रतिस्पर्धा जित्ने प्रयासमा छ।

  • नेपालमा हुन लागेको तीनवटा खोपको परीक्षणबारे थाहा पाउनुपर्ने तीन कुरा
  • महामारीका बेला सरकार र निजी अस्पतालबीच अविश्वास बढ्नुका कारण

विकासको क्रममा रहेको एउटा खोपको तस्बिर गत साता सरकारी सञ्चारमाध्यममा छापियो। तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन्।

सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर यसको मूल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) तोकेको छ।

औपचारिक र गोप्य परीक्षण

खोप निर्माण गर्न चीन दृढ देखिन्छ।

विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छमध्ये आधा खोप चिनियाँ हुन्। विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो।

तर रमाइलो के छ भने चीन आफ्नै देशमा आवश्यकताअनुसार खोप परीक्षण गर्ने अवस्थामा छैन किनभने कोरोनाभाइरसलाई त्यहाँ सफलतापूर्वक नियन्त्रण गरिएको छ। 

"सबै खोप निर्माताहरू हजारौँ व्यक्तिमाथि गरिने तेस्रो चरणको परीक्षणका लागि कोरोनाभाइरस सङ्क्रमण उच्च भएका स्थान खोजिरहेका छन्," हङ्‍कङ यूनिभर्सिटी पब्लिक स्कूल अफ हेल्थका प्राध्यापक बेन काउलिङले बताए।

उनी चिनियाँसहित अहिले विकास भइरहेका खोपप्रति सकारात्मक छन्।

"मलाई लाग्छ अहिले तेस्रो चरणमा परीक्षण भइरहेका खोपहरू प्रभावकारी हुने धेरै राम्रो सम्भावना छ।"

  • रुसद्वारा कोरोनाभाइरसविरुद्ध खोप उत्पादन सुरु
  • विश्वका सात अर्ब मानिसलाई खोप कसरी दिने

रुस र अमेरिकी राष्ट्रपति कार्यालयका केही व्यक्तिले चाहे जस्तो चीन पनि एक कदम अगाडि बढेको छ।

चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले गत साता गएको महिनादेखि चीनका प्रमुख सरकारी कर्मचारीहरू माथि खोपको गोप्य परीक्षण गरिएको बताएका छन्।

न्याश्नल हेल्थ कमिशनका जेङ जोङ्वेईले सरकारी टीभीमा आफूहरूले आपत्‍कालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासक्रममै रहेका खोप दिएको बताएका छन्। 

"डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन्। तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन," प्राध्यापक काउलिङले भने।

उनको विचारका सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड-१९ को खोप दिन सकिन्छ।

चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ।

त्यो सरकार र औषधि कारखानाहरू बीचको विश्वव्यापी सहकार्यको अङ्ग रहेको छ। 

खोप कूटनीति?

चीनले खोप विकास गरेमा के गर्छ भन्ने कुरा स्पष्ट छैन।

चीनको कोरोनाभाइरस नियन्त्रयणसम्बन्धी प्रतिवेदनमा कोभिड-१९ को खोप चीनमा विकास र प्रयोग गरेपछि विश्वव्यापी जनस्वास्थ्य उत्पादनको रूपमा प्रयोग गरिने उल्लेख छ।

चीनले अफ्रिका र छिमेकी राष्ट्रहरूलाई चीनबाहिर खोप पठाउँदा ती देशहरूले पहिले पाउने सङ्केत दिएको छ।

  • कोरोनाभाइरसको खोप बनाउन नेतृत्व गरिरहेकी वैज्ञानिक
  • कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप 'सोचेभन्दा चाँडै आउन सक्ने'

तर केहीले चीनले खोपबाट कूटनीतिक फाइदा लिन खोज्ने देख्छन्।

एक वरिष्ठ युरोपेली कूटनीतिज्ञले सर्बिया र इटलीमा चीनले स्वास्थ्यसामग्री पठाएको सम्झिँदै चीनले आफ्नो प्रचारका लागि खोपको प्रयोग गर्न सक्ने बताए।

खोप निर्माण गरेपछि प्राप्त हुने प्रभावकारी स्थानबाट फाइदा लिन चीनले रणनीतिक योजना बनाउने ती कूटनीतिज्ञ बताउँछन्।

"उनीहरूले खोपको अनुसन्धानमा ठूलो लगानी गरेका छन्," प्राध्यापक काउलिङ भन्छन्, "अनि त्यसको परिणाम पनि अहिले देखिदैँछ।"

BBC_BulbulKhabar


प्रकाशित मिति: बिहिवार, भदौ ११, २०७७, १०:२५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
म्यानमारमा आन्दोलनकारीमाथि गोली चल्दा २ जनाको मृत्यु
नासाको यान मंगल ग्रहमा सफल अवतरण
प्रथम राप्ती भेट्रान्स कप सुरु, उदघाटन खेलमा बागमती भेट्रान बिजयी
बेलायतमा फेरि लकडाउन घोषणा
ताजा समाचार
प्रधानमन्त्री केपि शर्मा ओलिले भोलि पोखरा रंगशालाको निरीक्षण गर्ने आइतवार, फाल्गुन १६, २०७७
योगेश भट्टराई सबार गाडीको ठक्करबाट साइकल यात्री घाइते
पन्त विरुद्ध मुद्दा दायर गर्दै ओलि
बामदेबलाई झडका एकता अभियानका नेता मियाँ प्रचण्ड-माधब तिर
कोमल ओलिको भाबनामा चोट पुगेको प्रती दुखीत छु : नेता पन्त
बादलले हटाए आफ्नो सचिबालयमा कार्यरत तामाङलाई
रत्ननगरमा इन्टरनेशनल स्काउटको दुई दिने स्काउट क्याम्प सम्पन्न 
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा
नेकपा मकवानपुरको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी
चितवन आसपास
रत्ननगरमा इन्टरनेशनल स्काउटको दुई दिने स्काउट क्याम्प सम्पन्न  बुलबुल खबर
रत्ननगर निवासी पुर्वसांसद रानाभाटको निधन बुलबुल खबर
सरकारी सुविधामा पहुँचबारे बोटे समुदाय र स्थानीय सरकारबीच अन्तर्क्रिया बुलबुल खबर
राजनीति
योगेश भट्टराई सबार गाडीको ठक्करबाट साइकल यात्री घाइते आइतवार, फाल्गुन १६, २०७७
पन्त विरुद्ध मुद्दा दायर गर्दै ओलि आइतवार, फाल्गुन १६, २०७७
बामदेबलाई झडका एकता अभियानका नेता मियाँ प्रचण्ड-माधब तिर आइतवार, फाल्गुन १६, २०७७
समाज
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा सोमवार, फाल्गुन १०, २०७७ 235
वडाअध्यक्ष पक्राउपछि गाउँपालिकाको विज्ञप्ति : संविधानको मर्मविपरित काम भयो आइतवार, फाल्गुन ९, २०७७ 528
राक्सिराङ ६ मा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न आइतवार, फाल्गुन ९, २०७७ 201
मनोरञ्जन
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #KULMAN
  • #CANCER
  • #Sajja,
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago