Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, माघ ५, २०७७ १०:४४:५४ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
समाज
  • Home
  • समाज
  • बलात्कार पछि हत्या गरिएकी रुबिनाको परिवारलाई पाख्रिन समाज चितवनको नगद सहयोग
बलात्कार पछि हत्या गरिएकी रुबिनाको परिवारलाई पाख्रिन समाज चितवनको नगद सहयोग
64x64
आइतवार, मंसिर २१, २०७७ बुलबुल खबर

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नं ७ मा बलात्कार पछि हत्या गरिएकी ३ बर्षीय रुबिना पाख्रिन को परिवारलाई नगद सहयोग गरिएको छ । पाख्रिन समाज चितवनको टोली पाख्रिनको घरमै पुगेर नगद ५० हजार रुबिनाको परिवारलाई हस्तान्तरण गरेका हुन । समाजका केन्द्रीय सदस्य शम्भु पाख्रिन, अध्यक्ष ग्यान बहादुर पाख्रिन, नेपाल तामाङ घेदुङ चितवनकी उपाध्यक्ष पवित्रा लामालगायत पदाधिकारी तथा सदस्यहरुको टोली शनिबार रुबिनाको घरमै पुगेका थिए । टोलीले एक कार्यक्रमका बीच बागमती गाउँपालिका ७ का अध्यक्ष र पत्रकार हरुको रोहबरमा रुबिनाका बुवा र आमालाई नगद हस्तान्तरण गरे । सो क्रममा वडा अध्यक्ष डिल्ली प्रसाद घोरासैनीले घटनाको जानकारी गराउदै आफु न्यायको लागि लाडिरहेको बताउनुभयो । उहाँले पहिलोपटक यस्तो घटना घटेको र दोहोरिन नदिन जनचेतना जगाउने कामहरु भइरहेकाे बताउनुभयो । 

पाख्रिन समाजका केन्द्रीय सदस्य शम्भु पाख्रिन ले कुनै पनि हालतमा दोषीलाई छुट दिन नहुने बताउनुभयो । उहाँले बलात्करीलाई फाँसीको सजाय ल्याउन राज्यले ढिला गर्न नहुने तर्क राख्नुभयो । घेदुङकी उपाध्यक्ष पवित्रा लामाले कलिला बालिका हरु हिंसाको जोखिममा रहने भएकाले अभिभावकले ध्यान दिनुपर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष सर्केस घलानले स्थानीय सरकार यस्तो अपराध निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । पिडित परिवारलाई गाउँपालिका ले नगद ५० हजार सहयोग गरिसकेको उहाँले बताउनुभयो ।

‌पाख्रिन समाजका अध्यक्ष ग्यान बहादुर पाख्रिन ले यस्तो घटना सहन नसकिने बताउँदै न्याय र पिडितको पक्षमा एकजुट भएर लड्ने बताउनुभयो । पिडित परिवारलाई राज्यले सहयोग गर्नुपर्ने उहाँले माग गर्नुभयो । सो क्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरबारीले पनि नगद ५ हजार पिडित परिवारलाई सहयोग गरेका छन् ।

गत मंसिर ५ गते छिमेकीको पुजामा गएकी बालिकालाई गाउकै १४ वर्षीय किशोरले बलात्कार गरि हत्या गरेका थिए । ती किशोर प्रहरिको नियन्त्रणमा रहेको र नबालक भएकाले सुधार गृहमा राख्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ९ कक्षामा अध्ययनरत ती किशोरीले अत्यधिक मादकपदार्थ सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मिति: आइतवार, मंसिर २१, २०७७, १०:१४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पानी नपरेसम्म मौसम सफा नहुने
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 27
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 22
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 68
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #KULMAN
  • #CANCER
  • #Sajja,
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago