Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, माघ ५, २०७७ ११:४१:१५ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
समाज
  • Home
  • समाज
  • गाँउपालिकासँग समन्वय नै नगरि गाँजा फाड्न गाँउ पस्यो प्रहरी, कोरोना फैलिए को जिम्मेवार ?
गाँउपालिकासँग समन्वय नै नगरि गाँजा फाड्न गाँउ पस्यो प्रहरी, कोरोना फैलिए को जिम्मेवार ?
64x64
आइतवार, मंसिर २१, २०७७ ज्ञानेन्द्र तामाङ
गाँजा फाँड्दै प्रहरी (फाइल फोटो) र गाउपालिकाको बिग्यप्ती (इन्सेट)


राक्सिराङ्ग । पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा अवैध लागुऔषध भनिने गाँजा खेती नष्ट गर्नका लागि प्रहरी पारिचालित भएको छ । गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजा खेती नष्ट गर्नका लागि ४०/५० जनाको संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटाइएको हो । प्रहरीले गाँउगाँउमा पुगेर गाँजा खेती नष्ट गर्ने काम सुरु गरिसकेको प्रहरी चौकी चैनपुरले जानकारी दिए ।

समन्वय नगरिएकोमा गाउँपालिकाको आपत्ति
राक्सिराङ्ग गाँउपालिकाले प्रहरीले कुनै समन्वय तथा जानकारी बिना नै गाँजा खेती नष्ट गर्न भन्दै गाँउगाँउ पुगेकोमा आपत्ति जनाएको छ । आइतबार बिज्ञप्ति नै जारी गरि गाउँपालिकाले प्रहरीको कार्यशैलीको बिरोध गरेका छन । बिज्ञप्तिमा कोभिड १९ ले सबैतिर आक्रान्त पारेको बेला स्वास्थ्य सुरक्षाको कुनैपनि मापदण्ड पुरा नगरि गाउँगाउँमा प्रहरीको डफ्फा परिचालन गरिनु जोखिमपुर्ण भएको बताएका छन । यसबाट ग्रामीण क्षेत्रमा कोरोना फैलिए त्यसको जिम्मेवार सम्बन्धित निकायले नै लिनुपर्ने बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा संविधानको धारा २३२ मा संघ प्रदेश तथा स्थानीय सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा सम्बन्ध स्थापित हुने ब्यवस्था उल्लेख भएपनि संविधानको मर्म र संघीयताको भावनाविपरित काम भएको आरोप लगाइएको छ । गाँउपालिका आफ्ना नागारिकको स्वास्थ्य सुरक्षाको सन्दर्भमा संवेदनशील रहेको बताउँदै प्रहरीबाट जनमानसमा त्रास फैलाउने काम भएको बिज्ञप्तिमा उल्लेख छ ।

प्रहरी कहाँबाट आयो थाहा छैन, संक्रमण फैलिए जिम्मेवार लिन सक्दैनौ : अध्यक्ष मल्ल
गाउँपालिकाका अध्यक्ष मल्लले आफुलाई प्रहरी कहाँबाट आएको भन्नेसमेत जानकारी नभएको बताउनुभयो । 'प्रहरी कहाँबाट आएको हो केहि थाहा छैन, डिआइजी लेभलबाट आएको भन्ने अपुष्ट कुरा सुन्छुछु' - उहाँले भन्नुभयो - ' गाँजा नफाँड्नु भनेको हैन तर गाउपालिकामा समन्वय किन गरेन ?'
उहाँले गाँजा फाँड्न गाउपालिकाले सहयोग गर्न तयार रहेकोसमेत बताउनुभयो । 'यो ठाँउमा गाँजा छ, यसरी फाड्नुस भनेर हामी नै देखाउथ्यौँ, वा गाउँलेलाई नै फाल्न लगाउँथ्यौ' - उहाले भन्नभयो -'यहाँ गाउँपालिकासँग समन्वय नै गरिएन, संविधानबिपरितको काम भयो ।' उहाँले विभिन्न ठाँउबाट प्रहरी आउँदा गाउँगाउँमा कोरोना संक्रमण हुन सक्ने बताउनुभयो । 'चेपागं गाउमा गएर पानी खाने, भात खाने गर्लान, भोली कोरोना फैलियो भने जिम्मा कसले लिने ? हामी स्थानी तहले लिन सक्दैनौ, कि हामीसँग सोध्नपर्यो' - उहाँले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख बिनोद श्रेष्ठले भने अवैध लागुऔषध गाँजा खेती नष्ट गर्ने प्रहरीको नियमित अभियान नै रहेको बताउनुभयो । राक्सिराङ्गसहित कैलाश र मनहरी गाँउपालिकाका विभिन्न क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरिने उहाँको भनाई छ । गाँजालाई नेपालको कानुनले अवैध लागुऔषध मानेको छ भने यसको खेती गर्न तथा ओसारपसार वा कारोबार गर्न प्रतिबन्धित छ । तर मकवानपुर, चितवन, धादिङ्ग, बारा, पर्सा, रौतहट लगायत जिल्लामा गाँजा खेती रोकिएको छैन । गाँजा खेतीलाई बैधानिकता दिनुपर्ने पछिल्लो समय आवाजसमेत उठ्न थालेको छ । हालैमात्र संयुक्त राष्टसंघमा समेत गाँजालाई लागुऔषधबाट हटाई औषधिजन्य पदार्थको रुपमा दर्ता गर्न बाटो खुलिसकेको छ ।


प्रकाशित मिति: आइतवार, मंसिर २१, २०७७, ०८:४७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पानी नपरेसम्म मौसम सफा नहुने
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 27
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 22
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 68
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #Team Nayabasti
  • #CRIME
  • #TEEJ
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago