Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, माघ ५, २०७७ १०:००:१७ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
समाज
  • Home
  • समाज
  • भुमिहिनलाई लालपुर्जा दिन आयोग र स्थानीय तहबीच सम्झौता
भुमिहिनलाई लालपुर्जा दिन आयोग र स्थानीय तहबीच सम्झौता
64x64
बिहिवार, मंसिर २५, २०७७ बुलबुल खबर

चितवन । भूमि सम्बन्धि समस्या समाधान आयोगले लालपुर्जा वितरणका लागि बागमती प्रदेशका २८ वटा स्थानीय तहसँग सम्झौता गरेको छ । लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न आयोगले ती स्थानीय तहसँग बिहीबार हेटौंडामा सम्झौता गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको उपस्थितिमा भएको कार्यक्रममा सोही प्रदेशका २८ वटा पालिकासँग सम्झौता गरेको थियो । बागमती प्रदेश अन्तर्गत चितवनको रत्ननगर नगरपालिका र मकवानपुरको बागमती गाउँपालिकासँग यसअघि काठमाडौंमै सम्झौता गरिसकेको थियो ।

भुमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गरेकाहरुको पहिला तथ्यांक पठाएको आधारमा ती स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवि प्रसाद ज्ञवालीले जानकारी दिए । सम्झौता भएका स्थानीय पालिकामा चितवनको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका ,कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका छन् ।

त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढि गाउँपालिका, सिन्धुलिको कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, घ्याङलेख गाउँपालिका, हरिहरपुरगढि गाउँपालिका, गोलन्जोर गाउँपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकासँग आयोगले सम्झौता गरेको हो ।

यसैगरी रामेछापको खांडादेवी गाउँपालिका र सुनापाती गाउँपालिका, धादिङको ज्वालामुखी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका, जुगल गाउँपालिका र मेलम्ची नगरपालिका, काभ्रेको रोशी गाउँपालिका, बेथान्चोक गाउँपालिका, तिमाल गाउँपालिका र नुवाकोटको तार्केश्वर गाउँपालिकासँग सम्झौता गरेको आयोग अध्यक्ष ज्ञवालीले बताए । सम्झौता पत्रमा आयोगका तर्फबाट आयोगका उपसचिव वसन्त प्रसाद पन्थी र सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुले हस्ताक्षर गरेका छन् । मकालुखबरबाट


प्रकाशित मिति: बिहिवार, मंसिर २५, २०७७, ०१:५०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पानी नपरेसम्म मौसम सफा नहुने
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 27
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 22
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 68
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #CANCER
  • #Sajja,
  • #Team Nayabasti
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago