Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
आइतवार, फाल्गुन २३, २०७७ ११:४३:४५ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
समाज
  • Home
  • समाज
  • बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
64x64
शुक्रवार, माघ २, २०७७ बुलबुल खबर


हेटौडा । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरीले गरेको गतिविधिलाई जनतासामु सार्वजनिक गर्न पाक्षिकरूपमा टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याएको छ ।
प्रदेश राजधानी हेटौँडाबाट सञ्चालनमा आएको पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीमार्फत हरेक महिनाको १ र १५ गते प्रसारण हुने गरी कार्यक्रम प्रसारण आरम्भ गरेको हो । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा बिहीबार आयोजित टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ शुभारम्भ कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले टेलिभिजनको प्राविधिमार्फत कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशभित्रका सबैखाले सुरक्षा संयन्त्रलाई हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार गरेको जानकारी दिनुभयो । वाग्मती प्रदेशअन्तर्गतका प्रहरी एकाइबाट सम्पादित काम कारवाहीको सम्बन्धमा आम नागरिकलाई जानकारी गराउने र शान्तिपूर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन थालिएको हो ।
पाक्षिकरूपमा आधा घण्टाको ‘प्रहरी दर्पण’ कार्यक्रम नेशनल गोल्ड टेलिभिजनबाट बेलुकी ७ः३० बजे नियमित प्रसारण हुनेछ । उक्त कार्यक्रम वाग्मती प्रदेशअन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुबाट नै निर्माण तथा सञ्चालन गरिनेछ । शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गर्ने र प्रहरी काम कारवाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव सङ्कलन गर्न टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याइएको प्रहरीको भनाइ छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गरिने योजना रहेको जानकारी दिनुभयो । प्रहरी काम कारवाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव सङ्कलन गर्नुका साथै शान्तिपूर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।रासस


प्रकाशित मिति: शुक्रवार, माघ २, २०७७, ०५:०९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा
वडाअध्यक्ष पक्राउपछि गाउँपालिकाको विज्ञप्ति : संविधानको मर्मविपरित काम भयो
राक्सिराङ ६ मा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न
राक्सिराङका वडा अध्यक्ष प्रहरी नियन्त्रणमा, प्रहरीले लुटपाट गरेको भन्दै स्थानीयको विरोध
ताजा समाचार
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द शनिवार, फाल्गुन २२, २०७७
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै
नेपाली काङ्ग्रेस केन्द्रिय पदाधिकारीको टोलि आज चितवन आउदै
बनमन्त्री आले लाई एक अर्ब प्रलोभन आएको खुलासा
प्रथम राप्ती कपमा राप्ती ०९ बिजयी
चितवन आसपास
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द बुलबुल खबर
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति बुलबुल खबर
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज बुलबुल खबर
राजनीति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै बुधवार, फाल्गुन १९, २०७७
समाज
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा सोमवार, फाल्गुन १०, २०७७ 256
वडाअध्यक्ष पक्राउपछि गाउँपालिकाको विज्ञप्ति : संविधानको मर्मविपरित काम भयो आइतवार, फाल्गुन ९, २०७७ 552
राक्सिराङ ६ मा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न आइतवार, फाल्गुन ९, २०७७ 223
मनोरञ्जन
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #FOOTBALL
  • #Kathmandu
  • #KULMAN
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago