Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
शनिवार, माघ १०, २०७७ ०१:०२:१२ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
खेलकुद
  • Home
  • खेलकुद
  • सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट
सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट
64x64
आइतवार, भदौ १४, २०७७ बुलबुल खबर

काठमाडौं । ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ ।

नेपाली स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएको उक्त खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको हो । ६ खेलमा ३ खेल जितेको जमैकाले ६ अंक नै जोडेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ । 

जमैकन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा ११० रनमै अलआउट भएको थियो । उसका लागि काएरन पावेल र एभिन लेविसले समान २१ रन बनाए ।

सेन्ट किट्सलाई अलआउट गर्न जमैकाका लागि ब्रेथवेइटले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । सन्दीप लामिछाने फिडेल एवारड्स र भिरास्वामी परमुलले २–२ विकेट लिए । ब्रेथवेइटले ३.४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चेर ३ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । यस्तै परमुलले ४ ओभरमा २० रन खर्चिए ।

त्यसअघि क्वीन्स पार्क ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले ओपनर ग्लेन फिलिप्सको अर्धशतक मद्दतमा २० ओभर खेल्दै ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । फिलिप्सले ६१ बल खेल्दै २ चौका र ६ छक्काको मद्दतमा ७९ रन बनाए । यस्तै जर्मेन ब्ल्याकउडले २७ रन जोडे । सेन्ट किट्सका कप्तान राएद एमरिटले ३ विकेट लिए ।

पोलार्डको शानदार ब्याटिङमा ट्रिनबागो अपराजित

कप्तान काएरन पोलार्डले बिस्फोटक ब्याटिङ गर्दै ७२ रन बनाएपछि ट्रिनबागो नाइट राइडर्सले साविक विजेता बार्बेडोस ट्राइडेन्सलाई २ विकेटले हरायो ।

पोलार्डले २८ बलमा २ चौका र ९ छक्का मद्दतमा ७२ रन बनाएपछि ट्रिनबागोले १४९ रनको लक्ष्य एक बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो । खेरे पेरीले ५ बल खेल्दै अविजित १० रन जोडे । यस्तै ओपनर लेण्डन सिमोन्सले ३२ रन बनाए । बार्बेडसका कप्तान ज्यासन होल्डरले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बेडोसले २० ओभर खेल्दै ७ विकेट गुमाएर १४८ रन बनाएको तियो । बार्बेडोसका लागि जोन्सन चार्लसले ४७ र केयल मेयर्सले ४२ रन बनाए । ट्रिनबागोका अपिल हुसेन, जेयडन सिल्स र सिकन्दर राजाले २–२ विकेट लिए ।

अपराजित रहँदै लगातार ६ खेल जितेको ट्रिनबागो १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

चौथो हार व्यहोरेको बार्बेडोस ४ अंकसहित चौथो स्थानमा छ ।


प्रकाशित मिति: आइतवार, भदौ १४, २०७७, १०:४२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ दिनपछि कोरोनामुक्त भए पारस खड्का
विश्वचर्चित फुटबल खेलाडी म्यारडोनाको निधन
अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि
कोरोनाका कारण यसवर्षको एएफसी कप प्रतियोगिता रद्द
ताजा समाचार
पुर्वी चितवनमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने शुक्रवार, माघ ९, २०७७
भोलीको नेपालबन्द सफल पार्न बिप्लव चितवनको आह्वान
राप्ती २ का गर्भवती तथा सुत्केरीलाई पोषण भत्ता
बागमती प्रदेश सभा बैठक अर्को सुचना नआएसम्म स्थगित
भण्डारा दुर्घटनाका गम्भीर घाइते बस चालकको मृत्यु
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार : प्रचण्ड
भण्डारामा फेरी भयानक दुर्घटना, ट्रक र बस ठोक्किदा एकजना गम्भीर
पानी नपरेसम्म मौसम सफा नहुने
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
चितवन आसपास
पुर्वी चितवनमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने बुलबुल खबर
भोलीको नेपालबन्द सफल पार्न बिप्लव चितवनको आह्वान बुलबुल खबर
राप्ती २ का गर्भवती तथा सुत्केरीलाई पोषण भत्ता बुलबुल खबर
राजनीति
बागमती प्रदेश सभा बैठक अर्को सुचना नआएसम्म स्थगित बुधवार, माघ ७, २०७७
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार : प्रचण्ड बुधवार, माघ ७, २०७७
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 66
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 53
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 93
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #Team Nayabasti
  • #CRIME
  • #TEEJ
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago