Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
आइतवार, फाल्गुन २३, २०७७ १०:३८:२९ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
खेलकुद
  • Home
  • खेलकुद
  • लिग चरणमा सन्दीपको स्पिन जादु : CPL
लिग चरणमा सन्दीपको स्पिन जादु : CPL
64x64
सोमवार, भदौ २२, २०७७ बुलबुल खबर

काठमाडौं । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली स्पिनर सन्दीप लामिछानेको बलिङ खुबै चम्केको छ । लिग चरण सकिँदा उनी प्रतियोगिताकै घातक बलरहरुको सुचीमा अटाएका छन् ।

जमैका तालावाजबाट खेलिरहेका सन्दीपको स्ट्राइक रेट र इकोनोमी दुवै राम्रो छ । उनले लिग चरणका सबै १० वटा म्याच खेल्दै (९ वटा म्याचमा बलिङ) १२ विकेट लिन सफल भए । विकेट संख्याभन्दा उनको इकोनोमी बढी आकर्षक छ । उनले प्रतिओभर मात्र ५.०५ को औसतमा रन खर्चेका छन्, जुन टि–२० मा निकै लोभलाग्दो हो । अहिलेसम्म कुनै पनि टिमका ब्याट्सम्यानले सन्दीपविरुद्ध खुलेर ब्याट चलाउन सकेका छैनन् ।

सन्दीपको टिम जमैकाले आफ्नो अन्तिम लिग म्याच हिजो राति सेन्ट लुसियाविरुद्ध खेल्यो । यस खेलमा पनि सन्दीपको स्पिन विपक्षी ब्याट्सम्यानले पढ्न सकेनन् । पहिलो तीन ओभरमा सन्दीपले एक मेडनसमेत राख्दै केवल ८ रन खर्चेका थिए । चौथो ओभरमा एक छक्का र चौका खाँदा उनको इकोनोमी ५ मा उक्लियो । तर पनि आफ्नो टिमका सबैभन्दा किफायती बलर सन्दीप नै भए । उनले चार ओभरमा २० रन खर्चेर एक विकेट लिए ।

सन्दीपले उत्कृष्टता देखाए पनि जमैकाले खेल हार्‍यो । ब्याट्सम्यानहरुले खराब प्रदर्शन गर्दा उसले १ सय ४६ रनको सामान्य लक्ष्यसमेत भेट्न सकेन । यो हारले जमैकालाई ठूलो धक्का भने लागेन किनकी उसले पहिल्यै सेमिफाइनलमा स्थान बनाइसकेको थियो । तर, लगातार चारवटा म्याचमा हार व्यहोर्दा टिमको मनोबल खस्केको पक्कै छ । जमैकाले १० वटा म्याचमध्ये ३ वटामा मात्रै जित हासिल गरेको थियो ।

जमैकासँग सन्दीपसँगै अफगानी युवा स्पिनर मुजिब उर रहमान पनि छन् । एउटै स्तरका मानिने यी दुई बलरको प्रदर्शनको तुलना पनि भइरहेको छ । मुजिबले सन्दीपले भन्दा बढी विकेट लिएका छन् । अहिलेसम्म प्रतियोगितामै सबैभन्दा बढी १५ विकेट (इमरान ताहिरसँग बराबरी) लिने बलर हुन् मुजिब । इकोनोमीमा भने मुजिबभन्दा सन्दीप अगाडि छन् । मुजिबको इकोनोमी ५.२३ छ । सन्दीप र मुजिबको स्पिन जोडी हरेक विपक्षी टिमका लागि टाउको दुखाई बनिरहेको छ ।

यस सीपीएलमा सन्दीपको प्रदर्शनमा यति राम्रो एकरुपता छ कि उनले बलिङ गरेका कुनै पनि म्याचमा विकेटविहीन रहनुपरेको छैन । जमैकाले खेलेका १० म्याचमध्ये ९ वटामा उनले बलिङ गरेका थिए । वर्षाले प्रभावित एउटा म्याचमा भने उनले बलिङ गर्न पाएनन् । ६ वटा म्याचमा उनले एक–एक एक विकेट लिए भने तीन म्याचमा २–२ विकेट प्राप्त गरे ।

यस प्रतियोगितामा खेलिरहेका अन्य स्पिनरहरुमा साउथ अफ्रिकाका इमरान ताहिर, अफगानिस्तानका रसिद खान, वेस्ट इन्डिजका सुनिल नारिन, अफगानिस्तानका मोहम्मद नाबी, न्यूजिल्यान्डका मिचेल सान्टनर लगायत छन् । उनीहरु सबै वल्र्ड क्लास स्पिनर हुन् । सन्दिप उनीहरुभन्दा कमजोर देखिएका छैनन् । अफगानिस्तानका चर्चित स्पिनर रसिद खान अहिलेसम्म विकेट संख्या र इकोनोमी दुवैमा सन्दिपभन्दा पछाडि छन् । लिग चरणका १० वटै खेल खेलका रसिदको विकेट संख्या ११ र इकोनोमी ६.८५ छ ।

यो प्रतियोगितामा वर्ल्ड क्लास ब्याट्सम्यानहरुको भने कमी छ । अधिकांश टीममा वेस्ट इन्डियन ब्याट्सम्यान छन् । वेस्ट इन्डिजका ब्याट्सम्यान ठूला सट खेल्न माहिर हुन्छन्, तर घुमेर आउने बलसँग भने संघर्ष गर्ने गरेका छन् । त्यसको फाइदा स्पिनरहरुलाई मिलेको छ ।

सन्दीपले खेलेको यो तेस्रो सीपीएल हो । पहिलो पटक २०१८ मा उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको थियो । त्यसमा आफूलाई प्रमाणित गरेपछि सन्दीपको मूल्य आकाशियो । अघिल्लो सीपीएलमा उनलाई बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलर हाल्यो । यसपालीको सीपीएलमा जमैकाले उनलाई अझ महंगो मूल्य (९० हजार डलर) मा खरिद गरेको हो ।

आफूमाथि हालिएको महंगो मूल्यको औचित्य सावित गरेका छन् र टिम व्यवस्थापनलाई सन्तुष्ट बनाएका छन् । यद्यपि, सेमिफाइनल र फाइनल (यदि पुग्यो भने) मा उनको अन्तिम परीक्षा बाँकी नै छ । लिगमा चौथो स्थान बनाएको जमैकाले सबै खेल जितेर पहिलो स्थानमा रहेको ट्रिनबागो नाइट राइडरसँग सेमिफाइनलमा भिड्ने छ ।

त्यसो त अन्तर्राष्ट्रिय–२० फ्रेन्चाइजमा सन्दीपले आफूलाई प्रमाणित गरिसकेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) देखि अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) सम्ममा उनको क्षमता देखिएको छ । अघिल्लो वर्ष भएका फ्रेन्चाइज प्रतियोगिताहरुमा भने उनको प्रदर्शन सोचेजस्तो हुन सकेको थिएन । अहिले सीपीएलमा फेरि उनी उत्कृष्ट लयमा फर्केका छन् ।


प्रकाशित मिति: सोमवार, भदौ २२, २०७७, १०:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम राप्ती कपमा राप्ती ०९ बिजयी
प्रधानमन्त्री केपि शर्मा ओलिले भोलि पोखरा रंगशालाको निरीक्षण गर्ने
आइपीएलमा सन्दिपलाई कुनै टीमले लिएनन्
२५ दिनपछि कोरोनामुक्त भए पारस खड्का
ताजा समाचार
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द शनिवार, फाल्गुन २२, २०७७
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै
नेपाली काङ्ग्रेस केन्द्रिय पदाधिकारीको टोलि आज चितवन आउदै
बनमन्त्री आले लाई एक अर्ब प्रलोभन आएको खुलासा
प्रथम राप्ती कपमा राप्ती ०९ बिजयी
चितवन आसपास
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द बुलबुल खबर
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति बुलबुल खबर
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज बुलबुल खबर
राजनीति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै बुधवार, फाल्गुन १९, २०७७
समाज
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा सोमवार, फाल्गुन १०, २०७७ 256
वडाअध्यक्ष पक्राउपछि गाउँपालिकाको विज्ञप्ति : संविधानको मर्मविपरित काम भयो आइतवार, फाल्गुन ९, २०७७ 552
राक्सिराङ ६ मा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न आइतवार, फाल्गुन ९, २०७७ 223
मनोरञ्जन
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #TEEJ
  • #NEPAL
  • #PSG
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago