Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
शनिवार, माघ १०, २०७७ ०२:००:२८ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
खेलकुद
  • Home
  • खेलकुद
  • अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि
अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि
64x64
शुक्रवार, भदौ २६, २०७७ बुलबुल खबर

काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि उचालेको हो ।

ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको हो । सीपीएलको सर्वाधिक सफल टोली ट्रिनबागोले समग्रमा चौथो पटक उपाधि जितेको हो । 

कप्तान काएरन पोलार्ड बलिङमा र ओपनर लेन्डल सिमोन्स ब्याटिङमा चम्किएपछि ट्रिनबागो आठौं संस्करणमा च्याम्पियन बन्यो ।

जुक्सले लिएको १५५ रनको लक्ष्य ट्रिनबागोले १८.१ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गरेको हो । जसमा सिमोन्सले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ४९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै डारेन ब्राभोले अविजित ४८ रन बनाए । उनले ४७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे । सुनिल नारिनले फाइनल नखेलेपनि अन्य खेलाडीले उनको अभाव हन दिएनन् ।

टिओन वेब्स्टर  ५ र टिम साइफर्ट ४ रन बनाएर आउट हुँदा ट्रिनबागोले १९ रनमा २ विकेट गुमाएको थियो । तर त्यसपछि सिमोन्स र ब्राभोले तेस्रो विकेटका लागि शतकिय साझेदारी गरे । यी दुईले अविजित १३८ रनको साझेदारी गरे । जुक्सका स्कट कुगेलिन र रोसटन चेसले १-१ विकेट लिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट एमेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो । जुक्सका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर मार्क दयाले २९, नजिबुलल्ह जद्रानले २४ तथा रोस्टन चेसले २२ रन बनाए ।

जुकसलाई अलआउट गर्न ट्रिनबागोका कप्तान पोलार्डले ४ विकेट लिए । पोलार्डले ४ ओभरमा ३० रन खर्चिए । यस्तै अली खान र फवाद अहमदले २-२ विकेट लिए ।

ट्रिनबागोका ब्याटम्यान सिमोन्स फाइनल खेलको म्यान अफ दि म्याच भए । यस्तै ट्रिनबागोलई अपराजित बनाउँदै उपाधि जिताउन नेतृत्व गरेका पोलार्ड म्यान अफ दि सिरिज घोषित भए । उनले लिगभर ११ खेल खेल्दै २०७ रन बनाए भने बलिङमा ८ विकेट लिए ।

ट्रिनबागोले यसअघि २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो । यसबाहेक जमैका तवालज र बार्बेडोस ट्राइडेन्ट्सले समान २ पटक उपाधि जितेका छन् ।


प्रकाशित मिति: शुक्रवार, भदौ २६, २०७७, ०७:३४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ दिनपछि कोरोनामुक्त भए पारस खड्का
विश्वचर्चित फुटबल खेलाडी म्यारडोनाको निधन
कोरोनाका कारण यसवर्षको एएफसी कप प्रतियोगिता रद्द
लिग चरणमा सन्दीपको स्पिन जादु : CPL
ताजा समाचार
पुर्वी चितवनमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने शुक्रवार, माघ ९, २०७७
भोलीको नेपालबन्द सफल पार्न बिप्लव चितवनको आह्वान
राप्ती २ का गर्भवती तथा सुत्केरीलाई पोषण भत्ता
बागमती प्रदेश सभा बैठक अर्को सुचना नआएसम्म स्थगित
भण्डारा दुर्घटनाका गम्भीर घाइते बस चालकको मृत्यु
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार : प्रचण्ड
भण्डारामा फेरी भयानक दुर्घटना, ट्रक र बस ठोक्किदा एकजना गम्भीर
पानी नपरेसम्म मौसम सफा नहुने
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
चितवन आसपास
पुर्वी चितवनमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने बुलबुल खबर
भोलीको नेपालबन्द सफल पार्न बिप्लव चितवनको आह्वान बुलबुल खबर
राप्ती २ का गर्भवती तथा सुत्केरीलाई पोषण भत्ता बुलबुल खबर
राजनीति
बागमती प्रदेश सभा बैठक अर्को सुचना नआएसम्म स्थगित बुधवार, माघ ७, २०७७
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार : प्रचण्ड बुधवार, माघ ७, २०७७
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 66
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 53
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 93
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #CRIME
  • #TEEJ
  • #NEPAL
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago