Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
आइतवार, फाल्गुन २३, २०७७ १२:१६:२६ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
चितवन आसपास
  • Home
  • चितवन आसपास
  • चितवन कारागारबाट कैदि भागेपछि दुई प्रहरी निलम्बित
चितवन कारागारबाट कैदि भागेपछि दुई प्रहरी निलम्बित
64x64
बिहिवार, मंसिर १८, २०७७ बुलबुल खबर

चितवन । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरूङका अनुसार तत्कालीन समयमा कार्यक्षेत्रमा रहेका प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामालाई गत आइतबार नै निलम्बन गरिए पनि आज सार्वजनिक गरिएको हो । यही मङ्सिर ११ गते साँझ ५ः३० बजे सुरक्षाकर्मीले काम परिवर्तन गर्ने समयमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए । फरार श्रेष्ठको खोजी जारी छ । उक्त घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको थियो । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको समितिले प्रतिवेदन पेश गरेसँगै उनीहरुलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।

 

कारागार प्रशासन, सुरक्षा प्रशासन र आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकाले विभागीय कारवाहीका लागि प्रतिवदेनमा सिफारिस गरिएको छ । भरतपुर कारागारबाट अहिलेसम्म सात कैदी फरार भएका छन् । कारागारभित्रैबाट भाग्ने श्रेष्ठ मात्रै हुन् । बाँकी ६ जना अदालत लैजाने र अस्पतालमा उपचारका क्रममा भागेको कारागार कार्यालय भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुई सय ८० जनाको क्षमता भएको कारागारमा हाल ६९७ कैदीबन्दी राखिएका छन् । रासस


प्रकाशित मिति: बिहिवार, मंसिर १८, २०७७, ०३:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज
नेपाली काङ्ग्रेस केन्द्रिय पदाधिकारीको टोलि आज चितवन आउदै
ताजा समाचार
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द शनिवार, फाल्गुन २२, २०७७
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै
नेपाली काङ्ग्रेस केन्द्रिय पदाधिकारीको टोलि आज चितवन आउदै
बनमन्त्री आले लाई एक अर्ब प्रलोभन आएको खुलासा
प्रथम राप्ती कपमा राप्ती ०९ बिजयी
चितवन आसपास
नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द बुलबुल खबर
चितवनमा फर्निचर उद्योगमा आगलागी, लाखौं को क्षति बुलबुल खबर
नेकपा (ओलि पक्ष) राप्ती नगरकमिटीको सपथ ग्रहण आज बुलबुल खबर
राजनीति
सरकार र बिप्लप नेतृत्वको नेकपा बिच बालुवाटारमा बैठक सुरु बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको महासचिव आज बस्ने केन्द्रिय कमिटिले टुंगो लगाउदै बुधवार, फाल्गुन १९, २०७७
प्रचण्ड-माधब समुहको केन्द्रिय समितिको बैठक आज बस्दै बुधवार, फाल्गुन १९, २०७७
समाज
३ हजार धरौटी तिरेर छुटे राक्सिराङ १ का वडाअध्यक्ष रुम्बा सोमवार, फाल्गुन १०, २०७७ 256
वडाअध्यक्ष पक्राउपछि गाउँपालिकाको विज्ञप्ति : संविधानको मर्मविपरित काम भयो आइतवार, फाल्गुन ९, २०७७ 552
राक्सिराङ ६ मा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न आइतवार, फाल्गुन ९, २०७७ 223
मनोरञ्जन
मनहरीमा गरियो चलचित्र 'श्रृजना' को शुभमुहुर्त
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #airport
  • #FOOTBALL
  • #Kathmandu
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago