Navigation
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
सोमवार, माघ ५, २०७७ १०:५९:११ युनिकोड
  • गृहपृष्ठ
  • चितवन आसपास
  • प्रदेश समाचार
  • भिडियो विशेष
  • फोटो विशेष
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
चितवन आसपास
  • Home
  • चितवन आसपास
  • राक्सिराङमा चेपाङ दम्पतिको ओडारमा बास भन्दै भिडियो आएपछि बिरोध
राक्सिराङमा चेपाङ दम्पतिको ओडारमा बास भन्दै भिडियो आएपछि बिरोध
64x64
शुक्रवार, मंसिर २६, २०७७ ज्ञानेन्द्र तामाङ

मनहरि । राक्सिराङ गाउपालिका वडा नं ८ को चेपाङ दम्पति ओडारमा बस्ने गरेको भन्दै एक भिडियो सार्वजनिक भएपछि चेपाङ अगुवाहरुले त्यसको बिरोध गरेका छन् । जयमसिह टिभी नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा समाजिक अभियान्ता बताउने सोनाली पुनले चेपाङ दम्पतिसँग ओडारमै पुगेर कुराकानी गरेकाे देखाइएको छ । पुनले ती दम्पतिको दुख, संघर्ष र मायाप्रेम लाई जोड दिदैं यस्तो दुखीहरुलाई सहयोग गर्न आग्रह गरेको देखिन्छ । 

तर सो भिडियो पुर्ण रुपमा झुटो रहेको नेपाल चेपाङ संघ राक्सिराङ ८ वडाकमिटिका अध्यक्ष महेश चेपाङ बताउनुहुन्छ । उहाँले भिडियोमा देखाइएको दम्पति चिनजानकै भएको र उनीहरुको बास ओडारमा नभएको बताउनुभयो । 'ती दम्पतिको घर भुकम्पको पैसाले बनाइएको छ' : उहाँले भन्नुभयो : 'उनीहरू भिडियोमा देखाइएजस्तो ओडारमा बसेका छैनन् ।' विकट गाउँमा चेपाङ समुदायको दयनिय अवस्था देखाएर बिदेशी संघसंस्था बाट ठुलो सहयोग संकलन गर्ने र चेपाङको नाम बेचेर फाइदा लिने योजनाले सो भिडियो हालिएको उहाँको दाबी छ । 'चेपाङको दयनीय अवस्था देखाएर एनजिओ/आइएनजिओ बाट ठुलो रकम उठाउने योजनाले भ्रामक भिडियो हालिएको छ, यसको चेपाङ संघ वडा कमिटी विरोध गर्दछ' : उहाँले भन्नुभयो ।

राक्सिराङ ८ का वडा अध्यक्ष रामकृष्ण प्रजाले पनि आफ्नो वडामा कोहिपनि चेपाङको बास ओडारमा नभएको बताउनुभयो । भिडियोमा देखाइएको दम्पति चिनजानकै भएको र उनीहरुको अवस्था भिडियोमा भनिएजस्तो दयनिय नरहेको उहाँले पुष्टि गर्नुभयो । 'उहाँहरु श्रीमान श्रीमती दुवैले समाजिक सुरक्षा भत्ता समेत बुझिरहनुभएको छ' : उहाँले भन्नुभयो : 'भुकम्प को घर बनेको छ, जनता आवासको पनि छ ।' भ्रम फैलाएर सहयोग संकलन गरि फाइदा लिने उद्देश्यले भिडियो हालिएको उहाँले बताउनुभयो । भिडियो निर्माण गर्ने व्यक्तिबारे बुझ्ने र थप जानकारी लिने प्रयास भइरहेको उहाँले भन्नुभयो ‌। गलत समाचार सम्प्रेषण गरि भ्रम सिर्जना गर्ने लाई कानुनसम्मत कारबाही गरिने उहाँको भनाई छ । राक्सिराङका विभिन्न स्थानमा बिपन्न चेपाङको नाममा सहयोग उठाउने र अगुवा तथा अभियान्ता बताउनेहरुले फाइदा लिने गरेको घटनाहरु सार्वजनिक हुने गरेका छन् ।

 


प्रकाशित मिति: शुक्रवार, मंसिर २६, २०७७, ११:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित
पिप्ले खानेपानीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न
ताजा समाचार
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न
कालिका नगरपालिकामा अस्पताल उदघाटन्
बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम सञ्चालनमा
मनहरी २ को वडा कार्यालय भवन निर्माण सम्पन्न
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु 
चितवन आसपास
कालिका नगरपालिकामा अस्पताल उदघाटन् बुलबुल खबर
बुलिङटार जेसिजको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन बुलबुल खबर
नेकपा फुटको असर, परेवाश्वरी वनको चुनावमा काँग्रेसको शानदार जित बुलबुल खबर
राजनीति
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आइतवार, माघ ४, २०७७
विप्लव समुहद्वारा आन्दोलन घोषणा, माघ १० गते नेपाल बन्द बिहिवार, माघ १, २०७७
राक्सिराङ ६ की एक महिलाको कुवेतमा मृत्यु  बुधवार, पुष २९, २०७७
समाज
पानी नपरेसम्म मौसम सफा नहुने सोमवार, माघ ५, २०७७ 27
जुम्लाबाट सुरु भयो लोडसेडिङ, तालिका सार्वजनिक सोमवार, माघ ५, २०७७ 22
मकवानपुर राष्ट्रिय क्रिस्चियन महासंघको भेला सम्पन्न शनिवार, माघ ३, २०७७ 68
मनोरञ्जन
युवा नेता सगुन स्याङ्गतान मोडलिङ्गमा (भिडियो)
कोरोना जिते हरिबंश र रमिलाले
मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर
सम्पर्क ठेगाना

Bulbul Entertainment & Media Pvt. Ltd.

Khairahani-8, Chitwan Contact Number: ९८५५०८८२३५
ट्रेण्डिङ
  • #Nepal
  • #COVID-19
  • #CRIME
  • #TEEJ
  • #NEPAL
मेनु
  • चितवन आसपास
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • विदेश
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
फेसबुक पेज
©Bulbulkhabar-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago